काठमाडौँ - मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि विपक्षी गठबन्धनको बैठक बस्दै छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनतासमाज वादी पार्टी, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने बताइएको छ । संविधानको धारा ७६ ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आह्वान गरेपछि विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ।
केपी ओलीले पनि प्रधानमन्त्रीमा फेरि दाबी गरेका थिए तर राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेकी थिइन् ।