बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनतामा केपी ओलीप्रति सहानुभूति बढ्दै गएको बताएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्रीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले सहानुभूति बढेको उल्लेख गरेका छन्।
पोखरेलले असंसदीय र अराजनीतिक कर्म गरेकाहरुले प्रधानमन्त्रीको एकोहोरो विरोध गरेको बताएका छन्। 'आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क.ओलीप्रति सहानुभूती वढदै छ।' उनले सामाजिक सञ्जालमा लेखेका छन्।