काठमाडौ - नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । वालुवाटारमा आज बसेको आजको बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री बनाउने काग्रेस सभापति शेरवहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
स्पष्टीकरण सोधिएका सांसदहरूमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, लक्ष्मीकुमारी चौधरी, मुकुन्द न्यौपाने, निरा जैरु, कलिना खान रहेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । तर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ । कस्तो स्पष्टीकरण आउँछ, त्यसमा आधारित भएर पार्टीले थप निर्णय ज्ञवालीले बताए ।