काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल पक्षका कार्यकर्ताले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाल निकट जीवन राईले नेपाल कम्युनिष्ट पार्टी एकिकृत नाम राखी एक महिना अघि नै निवेदन दिएका थिए । वैशाख ७ गते निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
राईले दर्ता गराएको पार्टीको उपाध्यक्षमा कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन्। उनीहरुले कलम चुनाव चिन्ह माग गरेका छन्। दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।