काठमाडौँ - कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सवोच्चमा रिट दायर गर्न नेकपा एमालेको माधव नेपाल पक्षले हस्ताक्षर संकलन गरिरहेको छ । सिंहदरवार स्थीत लेखा समितिको हलमा नेपाल पक्षका दुई दर्जन सांसदले हस्ताक्षर गरिरहेको नेपाल समूहले बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादवर बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले संसद विघटनको विरुद्धमा आज सांसदहरुको हस्ताक्षर सहित सर्वोच्चमा रिट दिन लागेका हुन्।
हस्ताक्षर गर्ने नेपाल समूहका सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत छन्।
यस अघि आइतवार कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूहले हस्ताक्षर संकलन गरेका थिए । संकलन भएका हस्ताक्षर लिएर केहीवेरमा उनीहरु सर्वोच्च अदालत जानेछन् । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।