काठमाडाँ- प्रतिनिधिसभाको पुनस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । १ सय ४६ सांसदको हस्ताक्षरसहित कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सर्वोच्च पुगेका हुन्।
रिटमा संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज गर्न, संसद अधिवेशनको मिति तोक्नु, र संविधानको धारा ७६५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ ।
जेठ ७ गते संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १ सय ४९ सांसदलले हस्ताक्षर बुझाएका थिए।
तर, सो दाबीलाई राष्ट्रपतिले खारेज गरेर सोही मध्यराति नयाँ सरकार बन्ने दाबी नपुगेको भन्दै केपी शर्मा ओली सरकारको सिफारिसमा संसद भंग गरेर निर्वाचनको मिति तोकेपछि उनीहरु असन्तुष्ट हुँदै अदालतमा प्रधानमन्त्री नियुक्तिको माग लिएर मुद्दा दर्ता गर्न पुगेका हुन्।