काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूसँग छलफल सुरु भएको छ। बानेश्वरस्थित प्रतिनिधि सभाको ल्होत्से हलमा सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका हुन्।
छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर सहभागी छन् । दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअली रुपमा सहभागिता जनाएका छन्। सुवासचन्द्र नेमवाङ भने उपस्थित भएका छैनन्।
प्रतिनिधि सभाको विघटन पछिको अवस्थाका बारेमा छलफल गर्न साप्कोटाले पूर्वसभामुखहरुलाई बोलाएका हुन्।