काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । बजेट घोषणा गर्दै संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको जानकारी दिए । त्योसँगै सबै अन्य सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा आउने आर्थिक बर्षबाट ३३ प्रतिशत वृद्धि भएको पनि जानकारी दिए ।
त्यस्तै सबै खाले सामाजिक सुरक्षाका लागि सरकारले १ खर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्याएको थियो ।