काठमाडौँ - सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायधिस वमकुमार श्रेष्ठकको सहभागीता बारे कानून व्यवसायीले प्रश्न उठाएका छन् । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्ध दायर रिटमा सुनुवायीको लागि संवैधानीक इजलासमा बहस सुरु भएको हो । बहसका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउने फैसला गरेको न्यायाधीश संवैधानिक इजलासमा बस्दा प्रश्न उठ्न सक्ने भन्दै आइतबार वरिष्ठ अधिवक्ताहरुले उल्लेख गरेका छन्।
वरिष्ठ अधिवक्ता गोबिन्द बन्दीले सुरुमै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फैसलालाई लिएर प्रश्न नउठाउन आग्रह गरेका थिए ।त्यसपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रश्न उठाएका थिए । उनले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले “संवैधानिक इजलासमा त म पनि छु, मलाई वायस नगरौँ । यो बारको अधिकार हो । मलाई मोरल दायित्व पर्दैन र रु’ भनी प्रश्न गरेका थिए । त्यसपछि कार्कीले यो ‘सम्माननीयको व्यक्तिगत विचार हो’ भनी जवाफ दिएका थिए ।
संसद् विघटनसम्बन्धी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि नेकपा फुटाउने फैसलाले अहिलेको अवस्था आएको र बहुमत अल्पमतको खेल सुरु भएको उल्लेख गरे । अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँगै प्रचण्ड पनि रिट लिएर आएको हुँदा सोही पार्टी विभाजन गर्ने न्यायाधीशले सहभागितामा विचार गर्नुपर्ने बताएका थिए ।
अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायाधीशले निष्पक्ष फैसला दिएरमात्रै नभइ न्याय भएको छ कि छैन भनेर सरोकारवालाले पनि विश्वास गर्नुपर्ने बताए ।