बुटवल । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेश सभा बैठक आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
असार १ गते सरकारले प्रदेश सभामा बजेट पेश गर्नुपर्ने भएकाले सोही लक्षित अधिवेशन आह्वान गरिएको हो ।
पछिल्लो पटक मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तीसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।