दाङ–लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागी मतदान जारी छ । अहिले सम्म १८४ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । १०ः३० बजे सम्म स्थानीय महिला ५० र पुरुष ६३ जनाले मतदान गरेका छन् । प्रदेश सभा तर्फ २६ महिला र पुरुष ३५ जनाले मतदान गरेका छन । कोभिड केन्द्रमा महिला ७ र पुरुष ३ जनाले मतदान गरेका हुन ।
घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजे बाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म चल्ने छ । सोमवारनै नतीजा घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
प्रदेश सभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् ।