दाङ- राष्ट्रिय सभाकाे उप-निर्वाचनमा २९७ मत खसेकाे छ । जम्मा ३ सय मतदाता रहेकाेमा अहिलेसम्म २९७ मत खसेकाे हाे । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका सबै ८३ सदस्यले मतदान गरेका छन् ।
स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्शेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशाेककुमार थापाले अहिलेसम्म मतदान नगरेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ । उपनिर्वाचनमा ३०० जना मतदाता छन । मतदान सकिए लगत्तै गणना सुरु गरिने छ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।