दाङ- राष्ट्रिय सभाकाे उप-निर्वाचनकाे मतगणना सुरु भएको छ । सुरक्षा घेरा भित्र मतगणना सुरु भएको हाे । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उप-निर्वाचन २०७८ मा साेमबार भएको निर्वाचनमा २९७ मत खसेकाे थियाे । जम्मा ३०० मतदाता रहेकाेमा २९७ मत खसेकाे हाे । स्थानीय तहका तीन जनाले मतदान नगरेकाे पाइएको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका सबै ८३ सदस्यले मतदान गरेका छन् ।
स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्शेर राणाले निर्वाचन बहिष्कार गरेका थिए । रनरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशाेककुमार थापाले मतदान नगरेकाे निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।