दाङ । प्रदेश निर्वाचन कार्यालयले राष्ट्रिय सभा सदस्य उप–निर्वाचनमा मत खसेको संख्या २९७ जानकारी दियो ।
तर, मत गणना गर्दा २९६ मात्रै गनियो । एक मत कता गयो भन्ने प्रश्नमा प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरले कुनै एक जना मतदाताले मत पत्र बुझेर खाली कागज बाकसमा खसाल्दा त्यो कागज गणनामा नपरेको स्पष्ट पारे । ‘मतदानका लागी मत पत्र बुझ्नु भएका मतदाताले मतदान गरेर बाकसमा खसाउनु पर्ने थियो । तर, त्यो मत पत्र नखसालेर कागज मात्रै खसालेको पाईयो’उनले भने–‘त्यो खाली कागज गणनामापरेन ।’
स्थानीय पालिकाका प्रमुख/उपप्रमुख अथवा अध्यक्ष, उपाध्यक्ष मध्य एक जनाले यस्तो गरेको हुन सक्ने निर्वाचन कार्यालयले बताएको छ । ३०० मतदाता रहेकोमा २९७ जना मतदानमा सहभागी थिए । तर, जस मध्य पालिका तर्फ एक र प्रदेश सभा तर्फ एक गरी दुई मत बदर भएको छ । पत्र नभएर कागज बाकसमा खसेकाले त्यो गणनामै परेन ।