काठमाडौँ - सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि पुरानै न्यायाधीश कायम भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन नगरी दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठलाई नै राखेका छन्।
यस अघि आइतवार भएको सुनुवाइका क्रममा कानुन व्यवसायीहरूले नेकपा विभाजन सम्बन्धि फैसलामा संलग्न न्यायाधीशहरूलाई राख्न नहुने माग राखेका थिए । इजलासमा बस्ने वा नबस्ने आफै निर्णय लिन आइतबारको इजलास हेर्दाहेर्दैमा टुंगिएको थियो। यस विषयमा सोमबार सर्वोच्च अदालतका सर्वोच्च इजलासको रोष्टरमा रहका न्यायाधीसहरुबीच पनि छलफल भएको थियो।
नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुको विकल्प खोज्न आग्रह गर्दै आएका छन्। सर्वोच्च बारका प्रतिनिधिहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेरै इजलास पुनर्गठनको विषयमा सुझाव दिँदैछन्।