बुटवल । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आज दिउँसाेबाट सुरु हुँदैछ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन् ।
सरकारको बैधानिकतामाथि प्रश्न उठाउँदै आएका विपक्षी गठबन्धनको सहमतीमा बजेट अधिवेशन आह्वान गरिएको हो ।
यद्यपि, प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षसहितको विपक्षी गठबन्धनले सरकार गठनको बैधानिकताबारे भने प्रश्नहरु उठाउने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।
प्रदेशसभा सचिवालयका अनुसार प्रमुखले सभा सञ्चालनसम्बन्धी पठाएको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् हेरफेरको जानकारी, प्रदेशसभाका दुई सदस्यले पदबाट दिएको राजीनामासम्बन्धी जानकारी र दलका प्रमुख नेताहरुले शुभकामना दिनेलगायतकाे कार्यसूची छ ।