बुटवल - नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोरेललाई प्रदेश सभामा बहुमत देखाउन चुनौति दिएको छ । बुधबार सुरुभएको प्रदेश सभाको वर्षे अधिवेसनको पहिलो बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले अहिलेको सरकार अल्पमतमा रहेको स्पष्ट भएकाले ३० दिन भित्र विश्वासको मत लिन आग्रह गरे।
उनले विधिविधान मिचेर यो सरकार गठन भएको उल्लेख गरे । 'एक सांसदको किर्ते हस्ताक्षर गरि सत्ता र शक्तीको आडमा विधि विधान र पद्धती मिचेर बर्तमान सरकारको नियुक्ती र सपथ खुवाइएको छ त्यो नै अबैधानिक छ ।' उनले भने 'अहिले धारा १ सय ६८को उपधारा १ भनिएको छ तर व्यवहारिक रुपमा उपधारा २ मा सरकार रहेको छ । अब सरकारले विश्वासको मत लिने कि नलिने प्रश्न चिन्ह उभिएको छ ।'
राष्ट्रिय सभाको उपनिर्वाचनले पनि प्रदेश सरकारलाई अल्पमतमा रहेको स्पष्ट पारेको खानले बताए । उनले अब जालझेल नगरी राजिनामा दिएर मार्ग प्रसस्त गर्न उनले माग गरे । 'अब भोली बजेट र नीति कार्यक्रम पेश हुन्छ त्यो फेल भयो भने के गर्छ सरकारले ।' उनले प्रश्न गरे