बुटवल - लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका दलका नेता सहसराम यादवले कार्यव्यवस्था परामर्श समितिमा आफूलाई रोक लगाइएकोप्रति आक्रोश व्यक्त गरेका छन्। उनले जसपाको संसदीय दलको नेता फेर्ने अधिकार कसैलाई नभएको उल्लेख गरे । दलको नेता चुन्ने काम जसपा कार्यालयमा नभई एमाले कार्यालयमा हुन नसक्ने उनको तर्क छ।
'तपाईलाई जसपाको संसदीय दलको नेता हटाउने अधिकार कहाँ छ मैले सोध्न चाहान्छु । दलको नेता बनाउने जनता समाजवादीको कार्यालयमा हो नेकपा एमालेका कार्यालयमा होइन' उनले भने । यादवले कारवाहीमा परेका र साधारण सदस्यबाट हटेकाहरु दलको नेता हुन नसक्ने उल्लेख गरे ।
यादवलाई दलको नेताको हैस्यतमा कार्यव्यवस्था परामर्श समितिमा राख्दा एमालेले विरोध गरेपछि विबाद नमिल्दासम्म दुबैलाई बैठकमा समावेश नगराइएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए ।