बुटवल- नेकपा एमालेका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लिला गिरीले प्रदेश सरकार पूर्ण बहुमतमा रहेको बताएका छन् । प्रदेश सभाको बैठकमा विपक्षी गठबन्धनका सांसदले विश्वासको मत लिन कि राजिनामा दिन माग गरेपछि गिरिले सरकार अल्पमतमा नरहेको प्रतिक्रिया दिएका हुन्।
'मैले दाबाका साथ भन्छु सरकार अल्पमतमा छैन पूर्ण बहुमतमा छ । दुई दल या अरुसँग मिलेको प्रसंग छ त्यो समयक्रमसँगै एडजस्ट हुँदै जान्छ ।' उनले भने।
गिरिले मुख्यमन्त्रीले सपथग्रहण गर्दा छापामार सैलीमा घेरा हालीएको आरोप लगाए ।
गिरिले जनता समाजवादी पार्टीका चार सांसदको पदमुक्तको सुचना दिएर सभामुख र प्रदेश सभा सचिवालयले विधि मिच्ने काम गरेको आरोप लगाए ।
‘कुनै पनि व्यक्तीलाई दल छोड्न छुट छ । जाँदा उसको संसद के हुने विधिले किटान गर्छ-’उनले भने-‘तर छापामार सैलीमा प्रदेश सचिवालयबाट भेदभावपूर्ण व्यवहार र खेलहरु देखिए त्यो राम्रो संकेत होइन ।’ सभामुखले तथष्ट र अभिभावकीय भूमिका हुनुपर्ने भन्दै त्यसमा तलमाथी भयो भने समाजमा नकारात्मक सन्देश जाने गिरिले उल्लेख गरे ।