बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्ष सहभागी भएपछि संविधानवाद स्थापना भएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षका १० जनालाई मन्त्रिपरिषद्मा लगेका थिए ।
त्यसबारे सामाजिक सञ्जाल फेसबुकमा छोटो स्पष्टिकरण दिंदै मुख्यमन्त्री पोखरेलले लेखेका छन्–‘जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापीत भएको छ ।’
त्यस अघि उनले ‘सबै पक्ष नयाँ जनादेश प्राप्त गर्न’ चुनावमा जानुपर्ने समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘अब सबै पक्ष चुनावमार्फत् नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौं ।’