काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन तयार भएपछि माधव नेपाल र झलनाथ समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।
ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन बैठक बस्न लागेको हो । ओलीको प्रस्तावप्रति नेपाल पक्षका नेताहरुले सामाजिक सञ्जाल मार्फत दुवै खालका प्रतिक्रिया दिएका छन्। योगेश भट्राई सहितका नेताले सकारात्मक भनेका छन् भने रामकुमारी झाँक्रीले सर्तसहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन्।
ओलीले ६ बुँदे प्रस्तावमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्ने सर्त राखेका छन्।