बुटवल - लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै छ । दिउसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट आगामी आर्थिक वर्ष २०७८/ ७९ को नीति कार्यक्रम सार्वजनिक हुन लागेको हो।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले नीति कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। नीति तथा कार्यक्रमले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ । त्यसै गरी कोरोना नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्रलाई राहत दिने गरी नीति कार्यक्रम ल्याउने सरकारको तयारी छ ।