बुटवल । लुम्बिनी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले दुर्गम क्षेत्रका गर्भवती महिलालाई निशुल्क हवाई उद्धार गरिने जानकारी दिएका हुन्। उनले निशुल्क एम्बुलेन्स सेवालाई पनि निरन्तरता दिइने जानकारी दिए ।
उनले प्रसुतीको चाप बढी भएका जिल्लामा एनआइसीयु स्थापना गर्ने र गर्भवती महिलाको निशुल्क परिक्षण समेत गरिने बताए । प्रदेशका सबै अस्पतालमा एचडियु स्थापना गर्ने उनले बताए ।