बुटवल । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज प्रदेश सभामा विश्वासको मत लिदैं छन् । उनले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ । तर यहाँ मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारे पनि जनमोर्चाका ३ सांसद एकजुट छैनन् ।
विपक्षी गठबन्धनले पनि बहुमत जुटाउन गाह्रो छ । विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन एक मत आवश्यक छ ।
त्यो एक मतका लागि स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे)ले साथ दिन सक्ने देखिएको छ । अहिले युवा तथा खेलकुदमन्त्री रहेका दीपक मनाङेले सत्ता पक्षको साथ छाड्दै विपक्षी गठबन्धनलाई सहयोग गर्ने पक्षमा देखिएका छन् ।
संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहो¥याए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आज विश्वासको मत लिन लागेका हुन् ।