बुटवल-नेपाली कांग्रेसले प्रदेश ५ को समानुपातिकतर्फको रिक्त सांसद पदमा दाङका शंकर गिरीलाई सिफारिस गरेको छ।
प्रमुख निवार्चन आयुक्त दिनेशचन्द्र थपलियाले रिक्त पदमा कांग्रेस केन्द्रीय कार्यालयबाट गिरीको नाम सिफारिस भएको जानकारी दिए।
प्रदेश ५ का कांग्रेसका समानुपातिकतर्फका सांसद बलदेव शर्मा पोखरेलको केही समयअगाडि निधन भएपछि एउटा सांसद पद खाली भएको थियो।
कांग्रेसबाट सिफारिस भएका गिरीलाई शुक्रबार बस्ने आयोगको बैठकले सभासद बनाउने निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।
दाङका गिरी कांग्रेसको तर्फबाट प्रदेश ५ मा समानुपातिकतर्फ खस आर्यको सूचीमा दोस्रो नम्बरमा समावेश थिए।