काठमाडौं– सरकारले आगामी ९ गतेदेखि सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक बन्द गरिएको जनाएका हुन्।
कायालय ९ देखि २१ सम्म बन्द गरिएको उनले आफ्नो सम्बोधनमा बताए। यसैगरी चैत १० गतेदेखि लामो दूरीका यात्रुबाहक बस बन्द गरिनेछन्।
नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि बन्द गरिएको उनले बताएका छन्। यसैगरी सीमाबाट हुने आवागमनमा कडाइ हुनेछ। सवै यात्रुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले बताएका छन्।