काठमाडौँ - प्रधानमन्त्रीबाट बिदा भएका केपी शर्मा ओली सरकारी निवास बालुटार छोडेर आफ्नै निजी निवास बालकोट पुगेका छन् । सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।
उनलाई बालुवाटारबाट युवासंघका कार्यकर्ताले र्याली सहित बालकोट पुर्याएका हुन। बालकोटमा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए।
ओली बालकोट पुग्दा युवासंघका कार्यकर्ताहरुले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारा लगाएका थिए।