काठमाडौँ- सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले बताए।
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो। त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो।
नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्। यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो।