बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा ‘समस्त श्रमजीवी दाजुभाइ दिदी बहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु’भनेका छन् ।
मुख्यमन्त्री पोखरेलले श्रम शक्तिको विकासवाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न जरुरी भएको शुभकामना सन्देशमा बताएका छन् ।
कोरोना विरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवननिर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको प्रदेश सरकारले बुझेको र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीको शुभकामना सन्देश
मजदुर दिवसको शुभकामना अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदी बहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु । नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपयश्रमका क्षेत्रहरुमा नेपालीश्रमशक्तिको सहभागिता समेत देखिदैन । जसवाटवर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न हामी दृढ संकल्पित छौं । ऐतिहासिक संविधान सभावाट संविधान जारी भएपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ ।
तीनै तहका जन निर्वाचित सरकार नागरिकका आकांक्षा पूरा गर्न क्रियाशिल छन् । विकास र समृद्धिको नागरिकको आकांक्षा पुरा गर्न श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य छ । मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ माभएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिक वर्गको सहभागिता र बलिदान अविस्मरणीय छ ।
नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवाद उन्मुख राज्य व्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्य व्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिक वर्गको हितकालागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ ।
यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुनेछ । यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन् । कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक,प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ ।
अहिलेसम्म हामी सुरक्षित छौ तर जोखिमबाट मुक्त छैनौ, कोरोना विरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवननिर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको हामीले बुझेका छौं ।
यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था आउने छैन् । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ ।
म अन्तर्राष्ट्यि श्रमिक दिवसका उपलक्ष्यमा श्रम शक्तिको विकासवाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपील गर्दछु । सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्यि श्रमिक दिवस (मई १) को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शंकर पोखरेल मुख्यमन्त्री