दाङ - दाङमा मोटरसाइकल दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ। तुलसीपुर ७ पर्सेनीमा सडक निर्माणका क्रममा खनेको खल्डोमा परेर रा ६ प ७२५ नम्बरको मोटरसाइकल पर्दा दुर्घट्ना भएकाे हाे । दुर्घट्नामा मोटरसाइकल चालक तुलसीपुर १० का ३५ बर्षिय चुडामणि भण्डारीको मृत्यु भएको हो।
तुल्सीपुरबाट घोराही जाँदै गरेको मोटरसाइकल ह्युमपाइप राख्न खनेको खल्डोमा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले बताए। दुर्घटनामा परेर अचेत भएका भण्डारीलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।