गुल्मी- गुल्मीमा जिप दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ५९ नम्बरको जिप दुर्घट्ना भएको हो ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए । दुर्घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ।