बुटवल-प्रदेश ५ सरकारले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवारोग अस्पताल निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्दै सरुवा रोग अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
उनले स्वास्थ्य क्षेत्रको स्तरोन्नति गरी सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने उदेश्य लिएको बताए । उनले प्रदेश ५ का जिल्लास्थित अस्पताललाई ५० शैय्याको अस्पतालका रुपमा स्तरोन्नति गर्न १५ करोड बजेट छुट्याएको बताए ।