बुटवल-बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउने प्रदेश सरकारले बताएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्ने क्रममा यी दुई औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याएर आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए । उनले भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण पूरा हुने चरणमा पुगेको बताउँदै यसमा निजी क्षेत्रलाई यो संभावनालाई उपयोग गर्न आह्वान गरे ।