दाङ–दाङका दुई कारागारको सुक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । यस अघि सशस्त्र प्रहरी र नेपाल प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा सोमबार देखि नेपाली सेना सुरक्षार्थ खटिएको हो ।
सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि खटाउनु पर्ने भएपछि जनशक्ति अभाव भएको हुँदा नेपाली सेनालाई कारागार सुरक्षार्थ खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
नेपाल भारत सिमा नाकामा जनशक्ति अपुग हुदा कारागारको जिम्मा नेपाली सेनालाई दिएर शसस्त्र प्रहरीलाई नाका क्षेत्रमा खटाएको नको भनाई छ । लकडाउनको अवधिमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाउने सरकारी नीति अनुरूप जनशक्ति अभाव भएपछि सेना कारागारको सुरक्षामा खटिएको हो ।
सरकारले अर्को व्यवस्था नगर्दासम्म अब सेना र नेपाल प्रहरी कारागार सुरक्षार्थ खटिने छन् । घोराही कारागारमा क्याप्टेन दिपक बुढाथोकी र तुलसीपुर कारागारमा मेजर निमेश पन्थीको कमाण्डमा ४०/४० जनाको टोली खटिएको रिपूमर्दन गणले जनाएको छ ।