दाङ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
केही दिन अघी बंगलाचुली गाउँपालिकाका एक जना बिरामीको उपचार प्रतिष्ठानमा गरिएको थियो । ती व्यक्तिको कोरोना जाँच गर्दा पोजेटिभ आएपछी उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना जाँच गरिएको थियो ।
प्रतिष्ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ ।
प्रतिष्ठानमा अहिले आकस्मीक बैठक चलिरहेको छ । आइतबार सम्म प्रतिष्ठानको ओपेडी सेवा वन्द गर्ने, प्रतिष्ठानमा कार्यरत सबैको स्वाव संकलन गरेर कोरोना परिक्षण गरिने भएको छ ।
हाल उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाउने काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।