बुटवल-गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस पोजिटिभ रहेको रिपोर्ट आएको छ ।
छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
बिहीबार राति मृत्यु भएका उनको स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही पठाइएको थियो । पक्षघातका बिरामी रहेका उनी जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए ।
गाउँपालिकाको क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो । शुक्रबार नेपाली सेनाले उनको शव व्यवस्थापन गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।