बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि मार्सल लगाएर विश्वासको मत लिने तयारी गरेका हुन्। ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिने तयारी भएको बताए।
दिउँसो १ बजे शुरू भएको प्रदेश सभा बैठक साढे २ बजेसम्मका लागि स्थगित भएको छ।
यसअघि बैठक शुरू भएलगत्तै एमाले सांसद कुलप्रसाद पोखरेलले एमालेले कारबाही गरेका २ सासदलाई पदमुक्तको सूचना नसुनाएसम्म बैठक चल्न नदिने बताएका थिए। त्यसपछि एमाले सासदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए। एमालेले सोमबार बिहान सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो।
