लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्।
लुम्बिनी प्रदेश सभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ४२ सांसदले मत दिए। त्यस्तै, विपक्षमा कुनै सांसदले मत दिएनन् भने ३७ जना सांसद मत विभाजन प्रकृयामा नै समावेश नै भएनन् । प्रदेश सभामा ८० जना सांसदहरु रहेका छन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा १ अनुसार केसीले प्रदेश सभामा पेश गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रतिनिधि सभाको विश्वास रहेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा जानकारी दिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले केसीलाई मत दिएका थिए । तर, प्रतिपक्ष नेकपा एमालेले सदन बहिस्कार गरेका कारण पार्टीका ३७ सांसद मत विभाजनमा उपस्थित भएनन् ।
मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा)का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन्। नेकपा (एमाले)का सांसदले दुई सांसदहरू अजय शाही र विमलाकुमारी खत्रीमाथि गरेको कारबाहीअनुसार पदमुक्त नगरून्जेल सदन चल्न नदिने बताउँदै सदनमा उपस्थित भएन ।