काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमका अनुसार, पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु.२ वृद्धि गरिएको छ। अब पेट्रोल प्रतिलिटर रु.१३० पुगेको छ। डिजल र मट्टीतेल प्रतिलिटर रु.११३ पुगेका छन्। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु.२५ का दरले बढाएको छ। अब ग्यासको मूल्य रु.१ हजार ४५० पुगेको छ।
यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि बढेको छ। प्रतिलिटर रु.२ का दरले मूल्य वृद्धि हुँदा हवाई इन्धन रु ८६ पुगेको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ।