बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाबाट लागु औषध गाँजासहित एक जना पुरुष र एक जना महिला पक्राउ परेका छन् । वडा प्रहरी कारर्यालय भैरहवा रुपन्देहीबाट प्रहरीबाट निरीक्षक सुवास तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिकाबाट २५ बर्षीय लक्ष्मी कुँवर र ३५ बर्षीय अफताव खाँनलाई पक्राउ गरेको हो ।
उनीहरुलाई वडा नं ८ वसडिलवास्थित मिना पण्डितको घरमा डेरा गरी लिएको कोठामा साढे पाँच किलो गाँजा र नापतौल गर्ने डिजिटल तराजुसमेत लुकाइराखेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये महिलाको स्थायी घर गुल्मीको रुरु गाउँपालिका वडा नं २ मा रहेको र पुरुषको घर सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको प्रहरीले बताएको छ ।
उनीहरुलाई पक्राउ गरी रुपन्देही अदालतकवो अनुमतीमा एक साता समय दथ लिई अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।