बुटवल-पूर्वपश्चिम राजमार्गअन्तरगत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ। लगातारको वर्षाका कारण देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो। पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन्।
वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगा बहादुर सारुले बताए ।
प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ ।