बाँके -बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । शुक्रबार बेलुका विरामी भएर ब्लड प्रेसर घटेपछि उनलाई नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो ।
उपचारका क्रममा यादवको गयराती १ बजे मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसबहादुर रानाले बताए। २०७४ सालको स्थानिय चुनावमा उनी नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।