बुटवल-नेपाल-अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पाको तानसेनमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवतीजात्रा मनाइन्छ । यसपटक कोरोना महामारीका कारण जात्रा पहिलेजस्तो धुमधामसँग मनाउने तयारी छैन। जात्रा मनाउन लुम्बिनी प्रदेश सरकारले मंगलबार पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारले पाल्पा जिल्लाभर जात्राको अवसर पारेर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी बाबुराम पन्थीले जानकारी दिए।
तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ। यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ। जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ।