गुल्मी-गुल्मीको इस्मा गाउँपालिका १ हस्तिचौरमा पहिरोका कारण घाइते ५ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । पूर्वमन्त्री गोकर्ण बिष्टले पहल गरी नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेलाई काठमाडौ लगिएको हो । उद्धारका लागि पूर्वमन्त्री विष्ट आफै खटिएका थिए ।
गम्भिर घाइते इश्वरा खत्री र सृजना सारु तथा टीका खत्री, पुतला खत्री र बसन्त सारुलाई थप उपचारको लागि काठमाडौं लगिएको हो । घटनास्थलबाट फर्केर नेपाली सेनाको बिरभद्रजंग गुल्ममा जिल्लाका सरोकारवाला र संचारकर्मीसंग कुरा गर्दै बिष्टले गाउँमा गएको पहिरोले मानवीयसंगै भौतिक रुपमा ठुलो क्षति पुराएकाले बिस्थापित र जोखिममा परेका परिवारको उद्धार, राहत तथा व्यावस्थापनमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिए ।
जिल्ला विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी गुल्मीले हेलिकप्टर मार्फत खाद्य सामग्री र त्रिपाल तथा कम्बल घटना स्थलमा पुराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । ६ क्विन्टल चामल, १ सय किलो दाल, ५० किलो नुन, ५० लिटर तेल, ५० किलो चिनी, १५ थान कम्बल, १५ थान त्रिपाल र पाँच सेट भाँडा घटनास्थल पुराइएको शर्माले जानकारी दिए ।
.jpg)