बुटवल। नेकपा एमालेको रुपन्देही समानान्त कमिटी नेकपा (एकीकृत समाजवादी)तिर गएको छ । गएको चैत मशान्तमा रुपन्देहीका नेपालनिकट नेता तथा कार्यकर्ताको सहभागितामा उक्त कमिटी गठन गरिएको थियो ।
राजु गुरुङको अध्यक्षतामा गठन गरिएको उक्त कमिटीले भदौ १२ गते नेपालको समाजवादी पार्टीमा रुपान्तरित हुने निर्णय गरेको थियो । कमिटिमा पुरुषोत्तम घिमिरे उपाध्यक्ष, जागेश्वरी चौधरी सचिव र सिद्धिचरण भट्टराई उपसचिव तोकिएका थिए ।क्षेत्रिय कमिटी, पालिका स्तरीय ईन्चार्ज र जनवर्गीय संगठनसमेत अव नयाँ पार्टी अनुसार गठन हुने कमिटीका अध्यक्ष गुरुङ बताउँछन् ।
५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टिभित्रै देखिएको चर्को ध्रुवीकरणमा पनि यी नेता-कार्यकर्ता भूसालसँगै नेपालपक्षमा मुखरित भएका थिए ।