बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । नगरपालिकाको वडा नं १० स्थित छत्तिस कुलोमा बिहीबार बिहान एक जना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले शवको पहिचान हुन नसकेको बताए । प्रहरीले अन्दाजी ३६ बर्षका पुरुष हुनसक्ने अनुमान गरेको छ ।
हाल शवलाई शवलाई पोष्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।