काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । शुक्रबारदेखि उनलाई सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ ।
अहिले ओली बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन्। रासस