बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल रुपन्देही आएका छन् । आज विहान भैरहवाको गौतम बुद्व विमानस्थल हुँदै नेता पौडेल गृहजिल्ला आएका हुन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता नेता पौडेलले बुटवलस्थित ज्योतीनगर र लक्ष्मीनगर पहिरो प्रभावित क्षेत्रमा निरीक्षण गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
दिउँसो १ बजे हुने निरीक्षण कार्यक्रममा विभिन्न तहका नेता र प्राविधिकहरुसहितको टोली सहभागी हुने उनले बताए ।
गतहप्ता ठूलो बर्षापछि चुरेक्षेत्रका वस्तीमा पहिरो खसेर घरहरुमा क्षती पुर्याएको थियो ।
पौडेल एमालेको लुम्बिनी प्रदेश कमिटिको बैठकमा सहभागी हुन बुटवल आएका हुन्। मंगलबार एमाले प्रदेश कमिटिको बैठक बस्दैछ।