काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए ।
उनका अनुसार ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीय श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको धारीलो हतियार प्रयोग गरी हत्या भएको हो ।
घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । हत्यापछि शवहरुलाई घर वरिपरी फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।