बुटवल-रुपन्देहीमा ८ महिने शिशुको हत्या गरेको आरोपमा आमा-बाबुलाई प्रहरीले पक्रेको छ।
गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार राति आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए। शिशुको हत्या भएको आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
शिशुको हत्या गरेको हुनसक्ने आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाई छ।
घरमा शिशुका बाबु-आमा बाहेक अरु कोही पनि नरहेकोले उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।